सदरमुकाम मलंगवामा आज ३३ औं अन्तर्राष्ट्यि लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान समापन र सम्मान कार्यक्रम समपन्न भएको छ ।
मनव रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रको अध्यक्षता तथा मलंगवा नगरपालिका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलवार मलंगवना नगरपालिकाको सभाहलमा कार्यक्रममा सम्पन्न गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,जिल्ला प्रहरी कार्यालय सर्लाही प्रमुख एवम् प्रहरी उपरिक्षक रविन्द्र वहादुर सिंह,महिला तथा बालवालिका शाखा अधिकृत नगिना यादव,स्वास्थय प्रमुख सलिम मिकरानी, दलित अगुवा तथा अधिवतmा राजेश पासवान,मानव अधिकारकर्मी राजनीकान्त झा,महिला अधिकारकर्मी रम्भा झा लगायतको आतिथ्यता रहेको थियो ।


मानव अधिकार दिवसको अवसर तथा महिला हिंसा विरुद्वको १६ दिने अभियान समापन समारोह विच सर्लाही प्रमुख व्यतिm,महिला अधिकारकोक्षेत्रमा कामगर्ने प्रतिधिहरुलाई प्रमाण पत्र र मायाको चिनो सहित सम्मान गरिएको हो ।
स्वागत मन्तव्य महिला बालवालिका अधिकृत नगिना यादवले राख्नुभएको कार्यकमा नगरप्रमुख नागेन्द्र प्रसाद यादव,मानवअधिकारकर्मी मुकेश मिश्र,प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायतले मन्तव्य राख्नुभएको थियो ।