जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आयोजना गरिएको “बल प्रयोगको सिद्धान्त तथा हातहतियार प्रयोगको बिशेष अनुशिक्षण तालिम शुक्रवार समपन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो । उक्त तालिममा प्रहरी बरिष्ठ हवल्दारएक जना, प्रहरी हवल्दारदुई जना, प्रहरी सहायक हवल्दार सात जना र प्रहरी जवान २५ जनागरी ३५ जना सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले प्रमाणपत्र वितरण गर्नुभएको छ । साथै तालिममा सिकेका सिप कार्यक्षेत्रमा प्रयोग गर्न निर्देशन समेत दिनु भयो ।