सर्लाही – सरस्वती पूजाको अवसरमा सर्लाही सदरमुकाम मलंगवा सहित विभिन्न ठाउँमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। स्थानीय विद्यालय तथा समुदायका बालबालिका, युवा तथा महिलाहरूको सक्रिय सहभागितामा भव्य रूपमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा परम्परागत भेषभूषा तथा सांस्कृतिक झल्काउने प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। विशेष रूपमा धार्मिक नाटक तथा नृत्य प्रस्तुत गरिँदा दर्शकहरू उत्साहित देखिन्थे। बालबालिकाले भजन, नाटक, कविता वाचन तथा अन्य मनोरञ्जनात्मक कार्यक्रममार्फत सरस्वती पूजाको महत्व दर्शाएका थिए।

स्थानीयबासीहरूले यस प्रकारका कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न योगदान पुग्ने र बालबालिकामा सिर्जनात्मक क्षमताको विकास हुने बताएका छन्।