पूर्ण खोप, सुरक्षित भविष्य” नाराका साथ राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. खोप अभियान–२०८१) सम्बन्धी अभिमुखीकरण कार्यक्रम मलंगवा नगरपालिकाले सम्पन्न गरेको छ।

नगरपालिका स्तरीय खोप समन्वय समितिको सहभागितामा आयोजित कार्यक्रमा मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षमा रहेको थियो ।

जन स्वास्थ्य निरीक्षक धिरेन्द्र यादव,स्वस्थ्य शाखाकि रविता साहले खोपको महत्व प्रभावकारिताका बारेमा सहभागीहरुलाई जानकारी गराएका छन् ।

मंगलबार मलंगवा नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मोहम्मद सलिम मिकरानीले बुधबार बिहान पब्लिक स्कुलबाट खाेप कार्यक्रम प्रारम्भ गरिने बताउनुभयो ।

मलंगवा नगर भित्रका ३८ सय ५० जना किशोरीलाई एचपिभी खोप दिइनेछ । जसका लागि ४२ वटा बिधालय र १० वटा स्वस्थ्य चौकी खोप केन्द्रका लागि निर्धारण गरिएको जन स्वस्थ्य निरीक्षक यादवले बताए ।विधालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मको किशोरी तथा विधालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एचपिभी खोप लगाइने उहाँले बताए।

कार्यक्रममा मलंगवा नगरपालिका उपप्रमुख सकुन्तला देबी साह,विश्व स्वस्थ्य संगठन प्रतिनिधि राजीव शर्मा, मानव अधिकारकर्मी मुकेश मिश्र लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सर्लाहीमा २३गते (बुधबार )देखि ७ गते सम्म दुई चरण खोप दिईने छ ।