नेपाल क्षयरोग निवारण संस्था सर्लाहीको सभापतिमा पुनः डोरप्रसाद भट्टराई चयन भएका छन् ।

हिजो हरिवनमा सम्पन्न संस्थाको साधारण सभा एवं ५ औँ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिमा सभापति भट्टराईसहित उपसभापतिमा श्यामबाबु कार्की, सचिवमा डा. हरिलाल मैनाली, कोषाध्यक्षमा सुरेश भट्टराई, सहसचिवमा सुशील चालिसे, सदस्यहरुमा कृष्णराज रायमाझी, राजेश चौधरी, वैद्य डा. कपलेश्वर झा, मुुकेश यादव, सुरज सुवेदी र युवराज लुुईटेल रहेका छन् ।

हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, नेपाली कांग्रेस सर्लाहीका जिल्ला सचिव निरज कार्कीलगायतको आतिथ्यता रहेको थियो ।