सर्लाही अपडेट दैनिककी सम्पादक बन्दना झाले आफ्नो जन्मदिन वृद्धाआश्रममा मनाएकी छन् ।

मलंगवा नगरपालिका ९ निवासी नेपाल पत्रकार महासंघ सर्लाही शाखाको उपाध्यक्ष समेत रहेकी झाले आफ्नो ३४ औँ जन्मदिन लालबन्दी २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा मनाएकी हुन् । झाले आश्रममै केक काटेर वृद्धवृद्धासँगै खुसी साटासाट गरी बिहानको एक छाक मिष्ठान्न भोजन समेत गारएको आश्रमले जनायो ।

झालाई आश्रमका संरक्षक बासुदेवशरण कोइराला, मन्जु कोइराला, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी र उपस्थित जिल्लाका संचारकर्मीले जन्मदिनको शुुभकामना व्यक्त गरे ।

पत्रकार झाले ५ वर्षदेखि निरन्तर आश्रममा आएर यसरी नै जन्मदिन मनाउँदै आउनुुभएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

झाले जन्मदिनमा एक छाक भएपनि यसरी वृद्धवृद्धालाई सेवा गर्न पाउँदा खुसी लाग्ने गरेको बताएकी छन् ।