जिल्ला समन्वय समिति, सर्लाहीको सभाहलमा आर्थिक वर्ष २०८१र८२ को समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ।

जिल्ला समन्वय प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख जितेन्द्र कुमार महतो तथा प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए।

गोष्ठीमा सर्लाही जिल्लाभित्र सञ्चालनमा रहेका विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिले हालसम्म गरेका कार्यहरू, नीति तथा कार्यक्रमको कार्यान्वयन, उपलब्धिहरू र आगामी योजनाबारे समीक्षा गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले जिल्लाको समग्र विकासका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए। सहभागीहरूले समसामयिक समस्याहरू तथा समाधानका उपायहरूमाथि छलफल गरेका थिए।जिल्ला समन्वय समितिले आगामी वर्षहरूमा अझ प्रभावकारी ढंगले काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

यसैगरी सोमबार गोष्ठीमा जिल्लाका पालिका प्रमुख ,उपमेयर अध्यक्ष र उपाध्यक्ष पालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति  कार्यक्रममा स्थानीय तहहरूमा कार्यान्वयन भइरहेका योजनाहरूको प्रगति समीक्षा गरिएको थियो। साथै, विकास योजनाका अवसर र चुनौतीहरूमाथि छलफल गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

जिल्ला समन्वय समितिका पदाधिकारीहरूले स्थानीय तह र सरकारी कार्यालयबीचको समन्वयलाई सुदृढ गर्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य रहेको बताएका छन्।

समीक्षात्मक गोष्ठीमा सहभागी अधिकारीहरूले आगामी दिनमा नीति, योजना तथा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।