भारतको प्रयागराजमा आयोजित महाकुम्भ मेलामा नेपालबाट करिब ५० लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। भक्तजनहरूले गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगमस्थलमा पवित्र स्नान गरी धार्मिक अनुष्ठान गरेका छन्।

नेपालको जनकपुरधामबाट विशेष रूपमा ल्याइएको अक्षता र प्रसाद प्रयागराजको प्रसिद्ध बडा हनुमान मन्दिरमा चढाइएको छ। यसले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको धार्मिक विद्वानहरूको भनाइ छ।