नेकपा एमाले सम्वद्ध प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा फेरि अच्यूतम सापकोटा चयन भएका छन् । हिजो हरिवनस्थित सगुन सहकारीको सभा हलमा सम्पन्न नवौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा सापकोटाको नेतृत्वमा प्रेस चौतारी नेपालको ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । अध्यक्ष सापकोटाका अनुसार नवगठित समितिमा मोहन ढुंगेल उपाध्यक्ष, रीना आले महिला उपाध्यक्ष, सरोज चौधरी सचिव, लक्ष्मण यादव र सन्देश अधिकारी सह–सचिव, आरती सेन्चुरी कोषाध्यक्षलगायत अन्य सदस्य रहेका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा राजु भुजेल र रीना आले तथा प्रदेश प्रतिनिधिमा रेवत अधिकारी र इन्द्र न्यौपानेलाई चयन गरेको अध्यक्ष सापकोटाले बताएका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित प्रेस चौतारी नेपाल सर्लाहीको नवौं अधिवेशनमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जरा, प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष अच्यूतम पौडेल, नेकपा एमाले सर्लाहीका उपाध्यक्ष विदुर प्याकुरेल, एमाले सर्लाहीका उप–सचिव विभा नेपाल, सगुन सहकारीका अध्यक्ष केशव ढकाललगायतको आतिथ्यता रहेको थियो ।