बज्जिका भाषा, बज्जिका भाशी के सान, अपन संस्कृति आ पहिचान मलंगवा नगरपालिका-३८ को स्थापना दिवस तथा बज्जिका साहित्य समाज, सर्लाहीको आयोजनामा सम्पन्न बज्जिका महोत्सव २०८१ भव्य कार्यक्रमसहित सम्पन्न भएको छ। मलंगवा नगरपालिकाका प्रमुख नगेन्द्रप्रसाद यादव तथा मधेश प्रदेशका माननीय एवं पुर्व अर्थमन्त्री सञ्जय यादव को प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष एवं महोत्सव कार्यक्रम संयाेजक रामचन्द्र महतो कुशवाहा, सर्लाहीका प्रमुख जिल्ला अधिकारी  तुलसीबहादुर श्रेष्ठ, चन्द्रनगर गाउँपालिकाका प्रमुख रकुमार महतोको लगायत अतिथिहरूको उपस्थिति रहेको थियो। महोत्सवलाई अवसर पारेर सर्लाही, रौतहट र महोत्तरीका पत्रकार तथा बज्जिका साहित्यहरूलाई सम्मान गरिएको छ।

बज्जिका साहित्य समाज, सर्लाहीका सचिव मुकेश  मिश्रले संचालन गरेकाे कार्यक्रममा छिमेकी जिल्लाका  तथा भारतको बिहार राज्यका विभिन्न ठाउँबाट बज्जिका भाषाका जानकार तथा कविहरूले बज्जिका भाषामा रचनाहरू प्रस्तुत गरेका थिए ।

भारतबाट आउनुभएको प्रसिद्ध बज्जिका कवि मणिभुषण सिंह अकेला,अबधेश प्रदित,डा. शिबालक राय प्रभाकर,डा.संजय विजित्वर,राम किशाेर सिंह लगायत नेपालका विभिन्न ठाउँका बज्जिका कवि,पत्रकार रामविश्वास महताे,विमलेश कुमार झा,संजय साह मित्र, अजय कुमार झा सम्मानित गरेको बज्जिका साहित्य समाज सर्लाहीका सचिब मुकेश मिश्रले जानकारी दिनुभयो ।

बज्जिका भाषा प्रबर्द्धन गर्न सडक देखि संसद सम्म आवाज उठाउनुभएका पुर्व अर्थ मन्त्री यादवले अर्को बर्ष   २/४ दिनको लामो बज्जिका महोत्सव आयोजना  गरिने कार्यक्रमका प्रमुख अतिथि यादवले बताउनुभयो ।  कार्यक्रम यसैगरी सर्लाही र रौतहटका ४ जना पत्रकारलाई पनि सम्मान गरेको छ ।

कार्यक्रमकै क्रममा सञ्जय साह मित्र द्वारा लिखित बज्जिका भाषाको पुस्तकको विमोचन समेत गरिएको छ।