सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्गवा नगरपालिकाले आज आफ्नो ३८ औँ स्थापना दिवस मनाएको छ ।

नगरपालिकाकै प्राङ्गणमा शुुभकामना आदानप्रदान, पुरस्कार वितरण, साँस्कृतिक कार्यक्रम गरी जिल्लाको सबैभन्दा जेठो नगरपालिकाले ३८ औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवस मूल आयोजक समितिका संयोजक एवं प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको अध्यक्षता तथा नगरप्रमुख नागेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा नगर स्थापना दिवस मनाइएको हो ।

मलंगवा नगरपालिकाको स्थापना दिवसकै अवसरमा हिजो बज्जिका महोत्सव सम्पन्न भएको थियो ।

त्यस्तै स्थापना दिवसको अवसरमा एक हप्तासम्म आयोजित हाजिरी जवाफ, वतृत्वकला, चेयर रेस, मटका फोरलगायत कार्यक्रममा बिजेता भएकाहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।