मधेश प्रदेश सरकारले  जानकी नवमी (सीता जयन्ती) र कबीरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा बैशाख २३ गते मंगलबार जानकी नवमी र जेठ २८ गते बुधबार कबीरदास जयन्तीका दिन बिदा हुने उल्लेख गरिएको छ।

मधेश प्रदेशको राजपत्रमा प्रकाशित बिदा सूचीमा समावेश नभएका यी दुई दिनका लागि छुट्टै निर्णयमार्फत बिदा दिने व्यवस्था गरिएको हो।