लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा उतराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोशियारी बिच आज सौहार्दपूर्ण भेटवार्ता भएको छ ।

काठमाडौंमा सम्पन्न उक्त भेटघाटमा नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो । दुई देशबीचको आपसी सहयोग, विश्वास र मित्रताको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनुपर्नेमा दुबै पक्षले एकमत व्यक्त गरेका थिए ।

भेटका क्रममा लोसपाका महासचिव मनिष कुमार मिश्र पनि उपस्थित रहनु भएको थियो ।
दुवै नेताहरूबीचको यो भेटघाटले नेपाल-भारत सम्बन्धमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यस्तो प्रकारका उच्चस्तरीय राजनीतिक संवादहरूले दुई देशबीचको परम्परागत मित्रतालाई अझ सुदृढ गर्दै आपसी समझदारी र सहकार्यलाई गहिरो बनाउने अपेक्षा लिइएको छ ।