औरही नगरपालीका महोत्तरीमा लोसपा नेपालको अध्यक्ष मा.महन्थ ठाकुरज्यूको प्रमुख आतिथ्यमा आयोजित साईकल बितरण कार्यक्रममा नपा स्थित ८ वटा विधालयको आठ कक्षाको प्रथम, द्वितीय र तृतीय विधार्थीहरूलाई प्रोत्साहन स्वरूप साईकल बितरण गरिएको छ।
लोसपा नेपालको महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रको अनुसार उक्त कार्यक्रममा नपा प्रमुख प्रदिप खड्का,उपप्रमुख रेनु झा,लोसपा नेपाल मधेस प्रदेश सचेतक रमिता प्रधान, जिल्ला समन्वय समिति अध्यक्ष सुमन कर्ण, लोसपा नेपालको सचिव ज्ञानेन्द्र झा, कार्यालय सचिव प्रदिप पाठक लगायतको उपस्थिति रहेको थियो।