लागू औषध (कुलत) मा लागेका महिला तथा युवाहरूलाई सशक्त बनाउन उद्देश्यसहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम अमृत नेपाल, मलंगवा–१० को आयोजनामा तथा मलंगवा–९ वडा कार्यालयको सहयोगमा होटल विरवलको खिचडी, मलंगवामा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता चन्देसवर रायले गरेका थिए।


मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सलिम मिकरानीको विशेष आतिथ्यता रहेको कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि, कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमले युवामाझ कुलत विरुद्ध सचेतना फैलाउने उद्देश्य लिएको आयोजकले जनाएका छन्।