सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकाका प्रधानाध्यापकहरूलाई लक्षित गरी विद्यालय नेतृत्व तथा व्यवस्थापनमा क्षमता विकास तालीम सम्पन्न गरिएको छ। शेभद चिल्डे्रनको सहयोगमा, हरिपुर तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा र ग्रामिण नारी उत्थान संघ, हरिपुर–२ को आयोजनामा तालीम सञ्चालन गरिएको हो।

‘समुन्नति परियोजना’ अन्तर्गत आयोजित तालीममा हरिपुर नगरका १५ र ईश्वरपुर नगरका २ गरी १७ विद्यालयका प्रधानाध्यापकले सहभागिता जनाएका थिए। परियोजनाका प्रमुख सम्भु साहका अनुसार यसअघिका चरणमा ईश्वरपुर नगरभित्रका ३९ मध्ये ३७ विद्यालयका प्रधानाध्यापकलाई तालीम प्रदान गरिसकिएको र बाँकी २ विद्यालयका प्रधानाध्यापकलाई हालै सम्पन्न तालीममार्फत समेटिएको हो।

तालीमपछि प्रधानाध्यापकहरूमा नेतृत्व तथा व्यवस्थापनको सशक्त विकास हुने, जसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइमा देखिने विश्वास आयोजकले व्यक्त गरेका छन्। ग्रामिण नारी उत्थान संघका सचिव सूर्य चालीसेका अनुसार तालीमबाट शिक्षकको सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर रायले विद्यालय व्यवस्थापन र नेतृत्व विकासमा यसखाले तालीमले ठूलो योगदान पु¥याउने धारणा व्यक्त गरे।