लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय बैठक पार्टी कार्यालय बबरमहलमा सम्पन्न भएको छ । संघका अध्यक्ष कामरेन्द्र वर्माका अनुसार बैठकमा संघको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम, तयारी विधान बारे छलफल ,पार्टीको मुखपत्र ‘स्मारिका’ प्रकाशन लगायतका विषयमा गम्भीर छलफल भएको छ ।

अध्यक्ष वर्माले बैठकमा संघको भावी रणनीति र सांगठनिक संरचना थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको जानकारी दिए । उनका अनुसार, यी प्रस्तावहरू पार्टी अध्यक्षसँग छलफल गरी अघि बढाइने छ । उनले भने, “संघको भूमिका केवल पत्रकार हितका लागि होइन, लोकतान्त्रिक मूल्यको सशक्त पक्षधरका रूपमा प्रस्तुत गर्ने तयारी छ ।”

बैठकमा संघका केन्द्रीय सदस्यहरू विजेता चौधरी, सुस्मिता लाल, संजिव कुमार झा, चन्द्रमोहन चौधरी, शिवम् मिश्रा, रानी पाल, मुकेश कुमार झा, सुरेन्द्र कुमार सिंह ,सलाहकार अभिषेख अर्याल लगायतको उपस्थिति थियो ।

बैठकपश्चात संघको टोलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव मनिष मिश्रसँग भेटघाट गरी संघका क्रियाकलापबारे जानकारी गराएको थियो ।

संघले निकट भविष्यमा राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तयारी समेत बैठकमा गरेको जनाएको छ ।