सर्लाही सदरमुकाम मलंगवास्थित घरेलु तथा साना उद्योग कार्यालय अब आफ्नै भवनबाट सेवा दिन थालेको छ। लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालयको भवन आइतबार मधेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहाले उद्घाटन गरेपछि सञ्चालनमा आएको हो।

नवनिर्मित अढाइ तल्ले भवन मलंगवा नगरपालिका–२ मा अवस्थित छ। कार्यालयका प्रमुख सञ्जिपकुमार दुबेका अनुसार यसअघि भाडाको घरमा हुँदा सेवाग्राहीलाई कार्यालय खोज्दै हिँड्नुपर्ने बाध्यता थियो, तर अब आफ्नै भवन बनेसँगै यो समस्या अन्त्य भएको छ।

राम कविर मठद्वारा उपलब्ध गराइएको दुई कट्ठा जग्गामा हेम/सावित्री जेभी जनकपुरले निर्माण गरेको भवनको लागत एक करोड ६४ लाख २७ हजार १८७ रुपैयाँ रहेको छ।