जसपा नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज सयौँ समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। मलंगवामा आयोजित कार्यक्रममा यादवसँगै जसपा केन्द्रीय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष पुरुषोत्तम राय यादव, पूर्व वडा सदस्य जाहिर अन्सारी, माओवादी छोडेका रामसोगारथ राय र जवाहर साहलगायतका नेताहरूले पनि पार्टी प्रवेश गरे।

नवप्रवेशीहरूलाई राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो र वरिष्ठ उपाध्यक्ष राम नरेश रायले फूलमाला र सदस्यता प्रदान गर्दै स्वागत गरे। कार्यक्रममा निर्वाचन समितिका संयोजक अरुण कुमार सिंह, महासचिव हुसेन खान, जिल्ला अध्यक्ष बिनोद साहलगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभागी कार्यकर्ताहरू हरिपुर्वा, पर्सा र ब्रह्मपुरीबाट मोटरसाइकल र स्कर्पियोमा आएका थिए र मलंगवा बजारमा परिक्रमा समेत गरेका थिए।