संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा जनता समाजवादी पार्टी ९जसपा० जिल्ला समिति सर्लाहीले सदरमुकाम मलंगवामा आज भव्य विरोध र्‍याली आयोजना गरेको छ।

मधेश सरकारका पूर्वअर्थमन्त्री संजय यादव, कबिलासी नगरपालिकाका पूर्व प्रमुख कौशल रायसहित जिल्लाका शीर्ष नेता, कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिहरूको सहभागितामा र्‍याली सम्पन्न भएको हो।

गौर हत्याकाण्डमा जसपा संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवलाई फसाउन सरकारले प्रयास गरेको भन्दै विरोध स्वरूप र्‍याली निकालिएको पार्टीले जनाएको छ।