मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विदेश भ्रमण रहने भएकाले भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको छ।

मुख्यमन्त्री सिंहले शुक्रबार जारी गरेको पत्रमा आफ्नो अनुपस्थितिमा यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको उल्लेख गरिएको छ।

मधेश प्रदेश सरकार ९कार्यसञ्चालन० नियमावली, २०८०को नियम १$ को उपनियम ३ बमोजिम यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको स्पष्ट पारिएको छ।

मुख्यमन्त्री सिंह काम विशेषले केही दिनका लागि देश बाहिर रहनेछन्।