सदरमुकाम मलंगवामा विश्व बन्धुत्व दिवस तथा राजयोगिनी प्रकाशमणी दादीजीको १८औं पुण्य तिथिको अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

ब्रह्माकुमारीज समाज सेवा प्रभाग, नेपालद्वारा आयोजित उक्त कार्यक्रममा मलंगवा नगरपालिकाका स्वास्थ्यकर्मी र ब्रहमभूमि अस्पतालको प्राविधिक सहयोगमा सफलतापूर्वक रक्तदान गरियो।

कार्यक्रममा ६० जना स्वयंसेवकले रक्तदान गरेका थिए। उक्त अवसरमा (ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मलंगवा) सभापति सिता बहनजी , प्रमुख अतिथि नगर उपप्रमुख सकुन्तला देवी साह, विशिष्ट अतिथि वडा अध्यक्ष मुकेश कुमार जयसवाल, नेपाल रेडक्रस सोसाइटीका सभापति नागेन्द्र प्रसाद चौधरी, सशस्त्र प्रहरी डीएसपी र इन्स्पेक्टरको विशेष उपस्थिति रहेको थियो।

आयोजकले रक्तदानले जिवन बचाउने महान कार्यमा सबैलाई निरन्तर संलग्न हुन आह्वान गरेका छन्।