गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आज बिहान एक सुटकेशभित्र महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोल्दा भित्र महिलाको शव फेला परेको हो। शवमा साडी छिरिएको देखिएकाले हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने शवलाई अनुसन्धानका लागि गौरतर्फ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।विस्तृत विवरण आउन बाँकी छ।