लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा जिल्ला पार्टी कार्यालय, मलंगवामा झण्डा तोल्ने र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी संगठन विस्तार, सुदृढीकरण तथा आगामी महाधिवेशन तयारीलाई लक्षित गर्दै जिल्ला कार्यसमितिले पालिकास्तरमा अगुवा नेताकार्यकर्तासँग छलफल र विचारविमर्श गर्ने निर्णय गरेको छ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रमप्रसाद यादव लगायत जिल्ला समितिका निर्वाचित प्रतिनिधि, पत्रकार र अन्य सहभागी उपस्थित थिए।

जिल्ला कार्यसमितिले पालिकास्तरमा आयोजना गर्न लागेको कार्यक्रम तालिका सार्वजनिक गरेको छ:

  • २०८२/०५/११:
    कौडेना गा.पा. (८:००–१०:००), गोडैता न.पा. (११:००–१:००), धनकौल/बसवरिया (२:००–४:००), बरहथवा न.पा. (५:००–७:००)
  • २०८२/०५/१२:
    बागमती/हरिवन (८:००–१०:००), लालबन्दी/हरिपुर/इश्वरपुर (११:००–१:००), चन्द्रनगर गा.पा. (२:००–४:००), ब्रहम्पुरी गा.पा. (५:००–७:००)
  • २०८२/०५/१३:
    हरिपुर्वा न.पा. (८:००–१०:००), पर्सा गा.पा. (११:००–१:००), मलंगवा न.पा. (२:००–४:००), कविलासी न.पा. (५:००–७:००)
  • २०८२/०५/१४:
    बलरा न.पा. (८:००–१०:००), रामनगर गा.पा. (११:००–१:००), विष्णु गा.पा. (२:००–४:००), चक्रघट्टा गा.पा. (५:००–७:००)

नोट: तोकिएको मिति र समयमा सबै तहका पार्टी नेताकार्यकर्ताहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।