बाल दिवस–२०८२ को अवसरमा गोडैता नगरपालिका स्तरीय बाल क्लब सञ्जालको आयोजनामा पालिकाभित्रका विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ।

आयोजक समितिका अनुसार आगामी भदौ २७ गते हजारी जवाफ प्रतियोगिता र भदौ २९ गते पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक आयुष चौधरीले जानकारी दिए । गोडैता नगरपलिका ८ स्थित रहेको श्री बेनी भोला नमूना माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।

गोडैता नगरपालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष वेद प्रकाश झा का अनुसार पालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई गोडैता नगरपालिकाको तर्फबाट कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले जनाएको छ।

यस कार्यक्रमको उद्देश्य बालबालिकाको प्रतिभा उजागर गर्ने, उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने र बाल अधिकारप्रति समाजमा चेतना फैलाउने रहेको बाल क्लब सञ्जालका अध्यक्ष वेद प्रकाश झाले बताए ।