लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को अधिवेशन तयारी बैठक सर्लाहीको कौडेना गाउँपालिका–५ मा आज सम्पन्न भएको छ।

बैठकमा केन्द्रीय महासचिव मनिष कुमार मिश्र, जिल्ला अध्यक्ष तथा पूर्व मेयर रामप्रसाद यादव, जिल्ला सचिव मिंथलेश यादव, युवा जिल्ला अध्यक्ष रन्जित कुमार ठाकुर लगायतका स्थानीय बुद्धिजीवी र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

बैठकले आसन्न अधिवेशनलाई सफल बनाउन संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र समन्वयलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना तय गरेको पार्टीले जनाएको छ।