नेपाली काँग्रेस सर्लाही जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएको छ। बैठकले पार्टीका पूर्व जिल्ला सभापति तथा नेपाल किसान संघका पूर्व केन्द्रीय अध्यक्ष स्वर्गीय बासुदेव शरण कोइरालाको सम्झनामा श्रद्धाञ्जली सभा भोलि आयोजना गर्ने निर्णय गरेको छ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहने जनाइएको छ।

पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षकसमेत रहेका कोइरालाको भदौ ३ गते ९३ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली काँग्रेस सर्लाहीका जिल्ला कार्यवाहक सभापति डा. सरोजकुमारका अनुसार श्रद्धाञ्जली सभामा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहनेछ।