राष्ट्रिय मुक्ती पार्टी नेपालले सर्लाहीका गणेश कुमार यादवलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ।

पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोद्वारा जारी पत्रमार्फत यादवलाई सर्लाही जिल्ला अध्यक्षमा मनोनयन गरिएको जानकारी दिइएको हो। अध्यक्ष राय केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी राष्ट्रिय मुक्ती पार्टी नेपालमा प्रवेश गरेका थिए ।

पत्रमार्फत अध्यक्ष महतोले यादवलाई जिम्मेवारी निर्वाह गर्न शुभकामना दिँदै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।