लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सर्लाही जिल्ला कार्यसमितिको निर्धारित कार्यक्रम अनुसार आज दोस्रो दिन चन्द्रनगर गाउँपालिका, इश्वरपुर नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका र धनकौल गाउँपालिकामा पालिका स्तरीय अधिवेशन तयारी बैठक सम्पन्न भयो।

बैठकमा भदौ मसान्तभित्र अनिवार्य रूपमा वडा अधिवेशन र असोज मसान्तभित्र पालिका अधिवेशन सम्पन्न गर्नुपर्ने विषयमा छलफल तथा विचारविमर्श भएको छ।

सो अवसरमा पार्टीका केन्द्रिय महासचिव युवा नेता मनिष मिश्र, केन्द्रिय सदस्य रामहरि तिवारी, मनोज सिंह, देवी सिंह, विरेन्द्र साह, चन्द्रनगर गा.पा. पूर्व अध्यक्ष महेन्द्र महतो, धनकौल गा.पा. अध्यक्ष प्रत्यासी रघुनाथ महतो, प्रदेश कार्यकारिणी सदस्य विरवंश बैठा, जोगनरायण चौधरी, जिल्ला अध्यक्ष रामप्रसाद यादव, जिल्ला सचिव मिथलेश यादव, जिल्ला वरिष्ठ उपाध्यक्ष नागेश्वर महतो, उपाध्यक्ष बिजया सिंह लगायत सम्बन्धित पालिकाका सक्रिय नेताकार्यकर्ता र निर्वाचित जनप्रतिनिधि उपस्थित थिए।