सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाल भारत महिला मैत्री समाज, काठमाडौंको सहयोग, गाउँपालिकाको समन्वय तथा मधेसी महिला समाज, नेपालको आयोजनामा बालविवाह सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले बालविवाह बालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको रोकथामका लागि निरन्तर जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष राजकुमार महतोले २० वर्ष पूरा गरी कक्षा १२ पास गरेर विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप नगद सहयोग गर्ने योजनाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताकार्यकर्ता र सरोकारवालाको उपस्थिति थियो ।