सर्लाहीको सदरमुकाम मलंगवामा पछिल्लो समय मोटरसाइकल चोरीको घटना बढ्दै गएको छ। सार्वजनिक स्थलमै पार्किङ गरिएका मोटरसाइकल चोरी हुन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन्।

ताजा घटनामा प्रदेशिक अस्पताल मलंगवाको परिसरबाट सोमबार पार्किङ गरिएको मोटरसाइकल चोरी भएको छ। सो दृश्य अस्पताल परिसरमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको छ।

मलंगवामा पछिल्ला केही दिनयता मोटरसाइकल चोरीको श्रृंखला रोकिएको छैन। सार्वजनिक स्थलमै दिनदहाडै सवारी साधन गायब हुन थालेपछि सेवाग्राही असुरक्षित महसुस गर्न थालेका छन्।

स्थानीय बासिन्दाले प्रहरी प्रशासनलाई चोरी नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।