सर्लाहीको बरहथवा नगरपालिकामा आज शोक बिदा दिइएको छ ।

नगर सभा सदस्य तथा वडा नं. ९ का वडा सदस्य राधेश्याम महतो कोइरीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको हो । वडा सदस्य महतोको ७२ वर्षको उमेरमा आज बिहानपख निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले सूचना जारी गर्दै वडा सदस्य महतोको निधनमा आज एक दिनका लागि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत नगरपालिका मातहतका कार्यालय बन्द रहने जानकारी गराएका छन् ।

नगरपालिकाले वडा सदस्य महतोको निधनप्रति दुःखसमेत व्यक्त गरेको छ । महतो नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।