२४ भदौ, काठमाडौं । विशेष अदालत काठमाडौंमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।

त्यस्तै, अदालत परिसरमा रहेका सवारी साधनहरूमा पनि आगजनी भएको छ ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

 

अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।