जिल्ला प्रशासन कार्यालय सर्लाहीले यस वर्षको विश्‍वकर्मा पूजा मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ।

हालैका आन्दोलन र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले भीडभाड नगरी शान्तिपूर्ण तरिकाले चाड मनाउन अपिल गरेको हो। सार्वजनिक स्थलमा होहल्ला गर्ने, मादक पदार्थ सेवन गर्ने, अवाञ्छित गतिविधि गर्ने वा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य नगर्न आग्रह गरिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सूचनामार्फत कानुन विपरीतका गतिविधि गरे कानुनी कारबाही हुने चेतावनी दिँदै, “विश्‍वकर्मा पूजा मर्यादित रुपमा मनाएर सामाजिक सद्भाव र शान्ति कायम गर्न सबैलाई अनुरोध गर्दछु,” भनेका छन्।