जेनजी आन्दोलनको क्रममा गोली लागेर गम्भीर घाइते हुनुभएका उदय प्रकाश साहलाई जेनजी चन्द्रनगर,१ लघुवा टिमले एक विशेष कार्यक्रममा सम्मान गरेको छ ।

जेनजी लघुवा टिमका अध्यक्ष उदय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा युवाहरुलाई सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन तथा समाजका समस्याहरू समाधान गर्न सामूहिक पहल गर्न आग्रह गरिएको थियो ।

टिमका प्रतिनिधिहरूले यो कार्यक्रमलाई सामाजिक जिम्मेवारी र सकारात्मक परिवर्तनको सुरुवातका रूपमा लिएको बताएका छन् ।