आईसीसी एक दिवसीय महिला क्रिकेट विश्वकप २०२४ को लीग प्रतिस्पर्धामा भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

मुम्बईको केडी वाई पाटिल स्टेडियममा खेलिएको उक्त खेलमा पहिला ब्याटिङ गरेको भारतीय महिला टोलीले ४९ ‌भरमा तीन विकेट गुमाउँदै ३४० रन बनाएको थियो ।

वर्षाका कारण खेल ४९–४९ ओभरको बनाइएको थियो । तर फेरि वर्षा भएपछि खेल ४४–४४ ओभरको बनाइयो र न्यूजिल्यान्डलाई ३२५ रनको लक्ष्य प्राप्त भयो ।

लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डले ४४ ओभरमा ८ विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सक्यो ।

भारतका तर्फबाट स्मृति मन्धाना र प्रतिका रावलले शतक प्रहार गरे । प्रतिकाले १२२ रन र मन्धानाले १०९ रनको शानदार शतकीय पारी खेले । यस्तै जेमिमा रोड्रिग्सले ७६ रन बनाइन् ।

बलिङतर्फ भारतका लागि रेणुका सिंह ठाकुर र क्रान्ति गौडले दुई/दुई विकेट लिए । यो जितका साथै भारतीय टिम अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टिम बनेको छ ।