सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ लघुवामा श्री नागमणी युवा क्लबको आयोजनामा छठ पर्वका अवसरमा बस्त्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कतार, कुवेत, साउदी, दुबई, मलेसिया लगायत देशमा रोजगारीको शिलशिलामा रहेका युवाहरूको सहयोग रकमबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम क्लबका संरक्षक राजिव साहको अध्यक्षतामा सम्पन्न भएको हो।

आस्था, विश्वास र एकताको प्रतीकका रूपमा मनाइने छठ पर्वलाई भव्य र सफल बनाउन स्थानीय युवाहरूले सेवा भावका साथ योगदान गरेका छन्। क्लबका सदस्यहरूका अनुसार लघुवाका विभिन्न स्थानमा रहेका ११५ जना छठ व्रतधारी महिलाहरूलाई श्रद्धापूर्वक बस्त्र वितरण गरिएको हो।

क्लबका संरक्षक राजिव साहले विदेशमा रहेका युवाहरूले गरेको योगदान प्रशंसनीय रहेको बताउँदै छठ पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्नुभयो।