हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा सर्लाहीमा गठन गरिएको छ। मलंगवामा आयोजित कार्यक्रममा मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। संघले हिन्दु धर्म, संस्कृति तथा सनातन मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्दै पत्रकारितामार्फत हिन्दु समुदायको आवाज सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, संघका केन्द्रीय सचिव राजकुमार सर्राफ, केन्द्रीय सल्लाहकार एस.के. चौरसिया, केन्द्रीय सदस्य कन्हैया पटेल र संजय प्रसाद कुशवाहा, मिडिया काउन्सिल मधेश प्रदेश सदस्य बन्दना झा, राष्ट्रिय बजरंग दलका धिरेन्द्र मिश्र, मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन सिंह, एकल विद्यालय अभियान सर्लाहीका अध्यक्ष बद्री नारायण मिश्रलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।