सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने भएको छ। रास्वपाका अनुसार क्षेत्र नं. १ बाट नितिमा भण्डारी कार्की, क्षेत्र नं. २ बाट रबिन महतो, क्षेत्र नं. ३ बाट नरेन्द्र साह र क्षेत्र नं. ४ बाट अमरेश सिंहले उम्मेदवारी दिने तयारी गरेका छन्।

उम्मेदवारहरू आज दिउँसै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

यसैबीच सर्लाहीमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाले पनि चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन्, जसका कारण निर्वाचन प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

विशेषगरी सर्लाही क्षेत्र नं. २ मा नेपाली काँग्रेसका कार्यवाहक सभापति डा. सरोज कुमार, मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महतो र नेकपाका उम्मेदवार महेन्द्र रायबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।