मलंगवा जुनियर जेसीजको वर्ष २०२६ का लागि नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण तथा सहमतिमूलक वातावरणमा सम्पन्न भएको छ। आपसी समझदारी, एकता र सहकार्यको आधारमा सबै पदाधिकारीहरू निर्विरोध रूपमा चयन भएका हुन्।

सम्पन्न निर्वाचनबाट जु. जेसी रितिका मिश्र अध्यक्ष पदमा चयन हुनुभएको छ। कार्यकारी उपाध्यक्ष पदमा जु. जेसी कृष्ण मोहन सिंह र जु. जेसी शिवम साह चयन भएका छन्। त्यसैगरी उपाध्यक्ष पदमा जु. जेसी आदर्श यादव, जु. जेसी अपूर्व रञ्जितकार, जु. जेसी खुशी झा तथा जु. जेसी जुली कर्ण चयन भएका छन्।

नवगठित कार्यसमितिले संस्थालाई अझ सशक्त बनाउँदै समाजसेवामूलक कार्य र नेतृत्व विकासका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। करिब १८ वर्षपछि मलंगवा जुनियर जेसीजले पुनः महिला नेतृत्व पाउनु संस्थाका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

बाल मन्दिरमा सम्पन्न निर्वाचन कार्यक्रममा संस्थापक अध्यक्ष जेसी सुबोध हरि राजोपाध्याय, पूर्व अध्यक्ष जेसी प्रिन्स गुप्ता तथा निर्वाचन अधिकृतका रूपमा पूर्व अध्यक्ष जेसी शिव शंकर जयसवालको उपस्थिति रहेको थियो।