मलंगवा जुनियर जेसीजको आयोजनामा शुक्रबार शहीद दिवसको अवसरमा विविध कार्यक्रम गरी शहीदहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरिएको छ।

शहीद दिवसका अवसरमा बालमन्दिरदेखि शहीद चौकसम्म र्‍याली निकालिएको थियो। र्‍यालीपछि शहीद चौकमा पुगेर शहीदहरूको प्रतिमामा फूलमाला अर्पण, अबिर लगाउने तथा दीप प्रज्वलन (मैनबत्ती बालेर) शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको मलंगवा जुनियर जेसीजका प्रिन्स गुप्ताले जानकारी दिनुभयो।

कार्यक्रममा कार्यक्रम संयोजक जु. जेसी जुली कर्ण, शाखा अध्यक्ष जु. जेसी रितिका मिश्रा, बोर्ड सदस्य २०२६, पूर्व अध्यक्षज्यूहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले शहीदहरूको बलिदानको स्मरण गर्दै उनीहरूको योगदानलाई सधैं सम्मानका साथ सम्झनु सबै नागरिकको कर्तव्य भएको बताएका थिए।