विगतका चुनावलाई हेर्ने हो भने काठमाडौं–२ का मतदाता स्थिर देखिँदैनन् । जितेकालाई उनीहरू दोस्रो पटक जिताउँदैनन् । जसकारण उम्मेदवार समेत क्षेत्र परिवर्तन गर्न बाध्य हुन्छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ, रास्वपाकी सांसद सोविता गौतमको क्षेत्र परिवर्तन ।
निर्वाचनैपिच्छे नयाँ-नयाँ सांसदको रोजाइमा पर्ने काठमाडौं–२ मा चुनावी चटारो दिन प्रतिदिन बढ्दै गएको छ। प्रतिनिधिसभा निर्वाचन आउन अब ३१ दिन मात्र बाँकी रहँदै गर्दा शाली नदी सेरोफेरोको काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ लाई पनि तताएको छ।
उत्तर–पूर्वी काँठ क्षेत्रको निर्वाचन क्षेत्र काठमाडौं–२ मा माघ महिनाको जाडोले मौसम चिसो भए पनि राजनीतिक माहोल भने दिनहुँ तातिरहेको छ।
देशभरका अन्य निर्वाचन क्षेत्रलाई जस्तै काठमाडौं–२ मा पनि चुनावको चटारो बढिरहेको छ । अहिले सो क्षेत्रमा दल र तिनका उम्मेदवारहरू चुनावी प्रचारप्रसारसँग मतदाता रिझाउन व्यस्त हुन थालेका छन् । अहिले नयाँ–पुराना उम्मेदवारहरू आफ्ना मतदातालाई आफ्नो एजेण्डा सुनाउँदै मतदानका लागि बिन्ती बिसाइरहेका छन् ।

 

अहिले काठमाडौं–२ मा २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रेर एकले अर्कालाई चुनौति पस्किरहेका छन् । तीमध्ये १६ जना मात्र पार्टीका हुन् । बाँकी स्वतन्त्र रूपमा संसद प्रवेश गर्ने जमर्कोमा छन् ।

तीन वर्षअघि काठमाडौं–२ बाट जितेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतम यसपालि सो क्षेत्रमा उमेदवार छैनन् । उनी रास्वपाबाटै उम्मेदवार बनेर चितवन–३ मा पुगेकी छिन् । अहिले काठमाडौं–२ मा २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रेर एकले अर्कालाई चुनौति पस्किरहेका छन् । तीमध्ये १६ जना मात्र पार्टीका हुन् । बाँकी स्वतन्त्र रूपमा संसद प्रवेश गर्ने जमर्कोमा छन् ।

सोही निर्वाचनमा दोस्रो र तेस्रो बनेका एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार फेरि पनि जित हात पार्ने दाउमा प्रतिष्पर्धामा छन् । त्यो चुनावमा रास्वपाकी सोविता गौतमले १५ हजार २३८ मत ल्याउँदा एमालेका मणिराम फुँयालले ११ हजार ५६६ मत ल्याएका थिए । फुँयाललाई फेरि पनि एमाले उम्मेदवार दोहोर्‍याएको छ । तेस्रो बनेकी राप्रपाकी कुन्तीदेवी पोखरेल (उपाध्याय) ले ११ हजार २४ मत ल्याएकी थिइन् । राप्रपाले पनि ३९ वर्षीया उनै पोखरेललाई फेरि उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसले काठमाडौं–२ मा नयाँ अनुहारलाई अगाडि सारेको छ । कांग्रेसले कबिर शर्मा (फुँयाल) लाई उम्मेदवार बनाएको छ । विघटित प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले अघि सारेको ३८ वर्षीय शर्मा स्थानीयस्तरमा भिजेका अनुहार पनि हुन् ।

उक्त निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत) समाजवादीसहितका दलहरूबीच चुनावी गठबन्धन भएको थियो।गठबन्धनबाट माओवादीकी ओनसरी घर्ती उम्मेदवार थिइन् । पूर्वसभामुख घर्तीले ९,४५९ मत ल्याएकी थिइन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बदलिँदो राजनीतिक परिवेशका कारण यसपटक दलहरूबीच गठबन्धन छैन ।

नेपाली कांग्रेसले काठमाडौं–२ मा नयाँ अनुहारलाई अगाडि सारेको छ । कांग्रेसले कबिर शर्मा (फुँयाल) लाई उम्मेदवार बनाएको छ । विघटित प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले अघि सारेको ३८ वर्षीय शर्मा स्थानीयस्तरमा भिजेका अनुहार पनि हुन् । माओवादी र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नितेश पौडेललाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको छ ।

सोविता गौतम चुनाव लड्न चितवन झरेपछि रास्वपाले ४१ वर्षीय सुनिल केसीलाई काठमाडौं–२ मा उम्मेदवार बनाएको छ । केसी ०७९ को निर्वाचनमा राप्रपाबाट प्रदेश सांसद बनेका थिए । पार्टी बदलेका उनी प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले शर्मिला माली, प्रगतिशील लोकतान्त्रिक पार्टीले बालचन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

०६४ को निर्वाचनमा माओवादीका झक्कु सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएका थिए । २०७० को दोस्रो संविधानसभा चुनावमा माधव नेपालले काठमाडौं–२ र रौतहतबाट चुनाव जिते । उनले रौतहट रोज्दा उक्त क्षेत्रमा उपनिर्वाचन गर्नु परेको थियो । उपनिर्वाचनमा कांग्रेसका दीपक कुँईकेलले एमालेका कृष्णगोपाल श्रेष्ठ हराए ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले उपेन्द्र कार्की, राष्ट्रिय परिवर्तन पार्टीले अनुप बोहोरालाई उम्मेदवार बनाएको छ । जय मातृभूमि पार्टीले आनन्द सिंखडा, श्रम संस्कृति पार्टीले मुकुन्द कार्की, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रकाश बुढाथोकी चुनावी मैदानमा छन् । उज्यालो नेपालबाट पवन पोखरेल, त्रिमुल नेपालबाट कृष्णबहादुर क्षेत्री, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नर्वदाकुमारी भट्टराई, आम जनता पार्टीबाट तिलकबहादुर मगर उम्मेदवार छन् ।

काठमाडौं–२ मा अर्जुन ढुंगाना, इरा श्रेष्ठ, टपबहादुर थापा, तीर्थराज पौडेल, विश्वास बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, मञ्जु लामा, रुपक बस्ताकोटी, रुपक सिंखडा, राजकुमार श्रेष्ठ, विरेन्द्रकुमार साह, सीता तिवारी, त्रिलोकबहादुर चन्द स्वतन्त्र उमेदवार छन् । पहिलो संविधानको निर्वाचनमा काठमाडौं–२ क्षेत्रमा नेकपा (माओवादी केन्द्र) ले चुनाव जितेको थियो ।

०६४ को निर्वाचनमा माओवादीका झक्कु सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएका थिए । २०७० को दोस्रो संविधानसभा चुनावमा माधव नेपालले काठमाडौं–२ र रौतहतबाट चुनाव जिते । उनले रौतहट रोज्दा उक्त क्षेत्रमा उपनिर्वाचन गर्नु परेको थियो । उपनिर्वाचनमा कांग्रेसका दीपक कुँईकेलले एमालेका कृष्णगोपाल श्रेष्ठ हराए ।

हरेक निर्वाचनमा नयाँ अनुहारलाई अगाडि बढाउने मनोविज्ञान रहेको ८८ हजार ७०८ मतदाता रहेको काठमाडौं–२ को चुनावी परिणाम के आउँछ, निक्र्यौल गर्न गाह्रो छ ।

०७४ मा यो क्षेत्र एमालेले जितेको थियो । एमालेका नेता माधवकुमार नेपाल २७,३६६ मत ल्याएर निर्वाचित भएका थिए ।  कांग्रेसका दीपक कुईकेलले १४,९०३ मत प्राप्त गरेका थिए । त्यतिबेला विवेकशील साझाका सूर्यराज आचार्यले ७,४३७ मत ल्याएका थिए । २०७९ को निर्वाचनमा भने नयाँ दलले नतिजा आफ्नो पक्षमा पारेको थियो । अब यो क्षेत्रमा कसले जित्ला ? कौतहुलता बढ्दो छ ।

हरेक निर्वाचनमा नयाँ अनुहारलाई अगाडि बढाउने मनोविज्ञान रहेको ८८ हजार ७०८ मतदाता रहेको काठमाडौं–२ को चुनावी परिणाम के आउँछ, निक्र्यौल गर्न गाह्रो छ । झण्डै कोटेश्वरको बालकुमारी पुलदेखि सिन्धुपाल्चोक र काभ्रेको दोसाँध छापभञ्ज्याङसम्म दक्षिण–उत्तर सीमा फैलिएको यो निर्वाचन क्षेत्र काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये दोस्रो बढी मतदाता भएको क्षेत्र हो ।

यहाँभन्दा बढी मतदाता क्षेत्र नम्बर–१० मा छन् । काठमाडौं महानगरपालिकाअन्तर्गत ९ र ३२, कागेश्वरी मनोहराको ४ देखि ९ र शंखरापुर नगरपालिकाका सम्पूर्ण (१ देखि ९) वडा यो निर्वाचन क्षेत्रमा समेटिएका छन् । शहरी सुगमतादेखि कठिन ग्रामीण भूगोलसम्म जोडिएको काठमाडौं–२ मा मतदाताबीच दल र तिनका नेतामाथि बनाउने धारणा पनि फरक–फरक रहेको पाइन्छ ।

काठमाडौं–२ मा ठूला दलले चुनावपिच्छे फरक–फरक अनुहार छान्दा अघिल्ला उम्मेदवारहरूको वाचा–प्रतिबद्धता हस्तान्तरित हुन सकेको छैन। पुराना दलबाट स्थानीयको विश्वास नयाँतिर ढल्किइरहेको त्यहाँको मत परिणामले नै देखाइरहेको छ ।

काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर ९ र ३२ (गौशाला पूर्वदेखि सिनामंगल हुँदै कोटेश्वरसम्म) पूर्ण शहरी क्षेत्र हुन् । कागेश्वरी र शंखरापुर नगरपालिकाका केही वडा काँठ क्षेत्रका रूपमा परिचित छन् । साँखु सीमान्त शहरका रूपमा छ भने शंखरापुरको वडा नम्बर १ (नाङ्लेभारे), २ (पटाप), ३ (जहरसिंहपौवा), ४ (लप्सेफेदी), ५ (पालुबारी), ८ (घुमारचोक) अधिकांश ग्रामीण इलाका हुन् । शहरी क्षेत्रको भन्दा यहाँका आवश्यकता भिन्न छन् ।  जसका कारण उम्मेदवार र पार्टीहरुसँग मतदाताहरुको माग र अपेक्षा नै फरक हुने गरेको छ ।

यस्तै काठमाडौं–२ मा ठूला दलले चुनावपिच्छे फरक–फरक अनुहार छान्दा अघिल्ला उम्मेदवारहरूको वाचा–प्रतिबद्धता हस्तान्तरित हुन सकेको छैन। पुराना दलबाट स्थानीयको विश्वास नयाँतिर ढल्किइरहेको त्यहाँको मत परिणामले नै देखाइरहेको छ ।

विगतका चुनावलाई हेर्ने हो भने काठमाडौं–२ का मतदाता स्थिर देखिँदैनन् । जितेकालाई उनीहरू दोस्रो पटक जिताउँदैनन् । जसकारण उम्मेदवार समेत क्षेत्र परिवर्तन गर्न बाध्य हुन्छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ, रास्वपाकी सांसद सोविता गौतमको क्षेत्र परिवर्तन ।