सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा आज बुधबार सर्लाही जिल्लाभित्र क्रियाशील गैरसरकारी संस्थाहरूको समीक्षा गोष्ठी सम्पन्न भएको छ।

जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न गोष्ठीमा उपप्रमुख जितेन्द्र कुमार महतो, समन्वय अधिकारी कमल बहादुर कार्की, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र, युएनएफपिए सर्लाहीका प्रतिनिधि बच्चेलाल महतो, पहिचान नेपालका अब्दुल समदलगायत आरआरपीके, ओरेक, रोयम नेपाल, बागमती सेवा समाज नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गोष्ठीमा सहभागी संस्थाहरूले गएको अर्धवार्षिक अवधिमा सम्पन्न गरेका गतिविधि तथा आर्थिक वर्ष २०८२/०८३ का कार्यक्रम र वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका सुब्बा संजय विश्वकर्माले गरेका थिए।