गृह मन्त्रालयको निर्णयअनुसार विजयराज सुवेदी सर्लाहीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हाजिर भएका छन्। यसअघि उनी जिल्ला प्रशासन कार्यालय धादिङ मा कार्यरत थिए।

हाजिर भएसँगै प्रजिअ सुवेदीले कार्यालयबाट सम्पादित हुने कार्यहरूको विवरण दैनिक रूपमा कार्यालयको फेसबुक पेजमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्। साथै प्रत्येक कर्मचारीले दैनिक रूपमा सम्पादन गरेका कार्यहरूको अभिलेख (लगत) राख्न समेत निर्देशन दिएका छन्।

नयाँ प्रजिअको यो निर्देशनले कार्यालयको कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।