म्याग्दीको बेनी–दरवाङ सडकमा फापरखेत पहिरोका कारण यातायात प्रभावित भएको छ। शनिबारदेखि निरन्तर सुक्खा पहिरो खस्दा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। जोखिम बढेपछि वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिए पनि साँघुरो र घुमाउरो बाटोका कारण यात्रु सास्तीमा परेका छन्।