मलंगवा,कात्तिक,२०- रुपन्देहीको भैरहवामा चोरीका गतिविधिमा संलग्न रहेको आरोपमा एक महिलासहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार साँझ विशेष सूचनाका आधारमा उनीहरूलाई दुईवटा स्कर्पियो गाडीसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले महिला तथा बालबालिकालाई समेत प्रयोग गरी विभिन्न स्थानमा सुनचाँदीका गरगहना र बहुमूल्य सामान चोरी गर्ने गरेको आशंका छ। घटनामा संलग्न केही व्यक्ति फरार रहेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।