सर्लाहीको हरिवनमा मानव सेवाश्रमको भवन निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञको तयारीस्वरुप हिजो सरोकारवालाबिच छलफल गरिएको छ ।मानव सेवाश्रम सर्लाही शाखाको भवन निर्माणमा रकम जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञलाई कसरी सफल बनाउन सकिन्छ भनी छलफल गरिएको हो । हरिवन नगरपालिकाको पुरानो कार्यालय भवनमा उपमेयर हरिमाया घलानसहित अन्य जनप्रतिनिधि, सामाजिक अगुवा, राजनीतिज्ञलगायतको उपस्थितिमा भएको छलफलले महायज्ञलाई भव्य, सभ्य र सफल बनाउन सबैले योगदान गर्ने निर्णय गरिएको छ ।मानव सेवाश्रमको भवनमा रकम जुटाउने उद्देश्यले फागुन २२ गतेदेखि २९ गतेसम्म हरिवनस्थित सुर्ती विकास खेल मैदानमा महायज्ञ आयोजना गरिएको छ ।आफ्नो भवन नहुँदा मानव सेवाश्रम अहिले हरिवन १ कैलाशपुरीस्थित नगरपालिकाले उपलब्ध गराएको भवनमा संचालन हुँदै आएको छ ।