सर्लाहीमा धर्मगुरुहरूको संस्थागत विकास तथा परम्परागत हानिकारक अभ्यासहरू अन्त्य गर्न आवश्यक उपायबारे प्रशिक्षण सम्पन्न भएको छ। NIRN Nepal को आयोजनामा तथा World Vision को सहकार्यमा सम्पन्न उक्त कार्यक्रममार्फत स्थानीय धर्मगुरुहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने तरिकाबारे मार्गदर्शन प्रदान गरिएको थियो।

तालिमका बारेमा जानकारी दिँदै अधिकृत आशिष चौधरीले धर्मगुरुहरूको भूमिकालाई सशक्त बनाउन तथा परम्परागत हानिकारक अभ्यासहरूको अन्त्य गर्न संस्थागत विकासको आवश्यकता रहेको बताए। कार्यक्रममा सहभागी धर्मगुरुहरूले समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासलाई निरुत्साहित गर्न आफूहरू सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

उक्त तालिमले समुदायमा सकारात्मक सोच र व्यवहार परिवर्तन का साथै बाल विवाह ,दहेज प्रथा अन्त्य गर्न मद्दत पुग्ने आयोजक संस्थाले विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा निरन नेपालका जिल्ला सचिव तिलक क्षेत्री,अन्तर धार्मिक महिला संजाल अध्यक्ष लक्षमी सुनुवार पासवान लगायत हरिपुर्वा नगरपालिका,ईश्वरपुर नगरपालिका,चन्द्रनगर गाउँपालिका स्तरीय धार्मिक अगुवाहरूको उपस्थिति रहेको थियो ।