चन्द्रनगर गाउँपालिका, सर्लाहीका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूले अबदेखि मासिक भत्ता पाउने भएका छन्। शैक्षिक सत्र २०८२/०८३ देखि लागू हुने गरी प्रारम्भिक तहका प्रधानाध्यापकले मासिक रु. ७००, निम्न माध्यमिक तहका प्रधानाध्यापकले रु. १००० र माध्यमिक तहका प्रधानाध्यापकले रु. १५०० भत्ता पाउनेछन्।

नेपाल शिक्षक महासंघ, चन्द्रनगर, सर्लाहीका अध्यक्ष सरोजकुमार सिंहको पहलमा यो भत्ता व्यवस्था गरिएको हो।

महासंघले यो निर्णयमा सहयोग पुर्याउने सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गरेको छ।