लोकतान्त्रिक मुस्लिम संघले आफ्नो केन्द्रीय समितिको नयाँ नेतृत्वको घोषणा गरेको छ। संघका केन्द्रीय संयोजकमा बारा निवासी डा. कमरुल्लाह अंसारी चयन भएका छन्। संघले एक प्रेस विज्ञप्तिमार्फत नयाँ केन्द्रीय समिति गठनको जानकारी दिएको हो।

संघका अनुसार केन्द्रिय उपाध्यक्षमा मन्सारुल हक (रौतहट) र तबरेज अख्तर आलम (मोरङ) चयन भएका छन्। महासचिवमा कमिल खान (कास्की) रहेका छन् भने केन्द्रीय कोषाध्यक्षमा मोसतकिया नेसा खतुन (बारा)नियुक्त भएका छन्।

२०७८ सालमा स्थापना भएको लोकतान्त्रिक मुस्लिम संघले मुलुकको लोकतान्त्रिक आन्दोलन, मुस्लिम समुदायको अधिकार र पार्टीगत सहभागिता सुनिश्चित गर्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नवनियुक्त समितिमा कुल २३ जना सदस्य रहेका छन्, जसमा बारा, रौतहट, सप्तरी, काठमाडौँ, महोत्तरी, कैलाली लगायत जिल्लाका प्रतिनिधिहरूको सहभागिता छ।

संघले यो निर्णयलाई उत्साहजनक कार्यका रूपमा व्याख्या गर्दै सबै नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।